
सरकारले जुगल हिमश्रृङ्खला अन्तर्गतका हिमचुली पर्वतारोहणका लागि खुल्ला गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हिमचुली पर्वतारोहणका लागि खुल्ला गर्ने निर्णय भएको जानकारी दिइन् ।चैत २८ गते बसेको मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अधिकतम सीमा निर्धारण गर्ने निर्णय गरेको छ। योसँगै कुखुराको दानाको गुणस्तर र मात्रा पनि निर्धारण गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।






























