विज्ञानको यो एक सिद्धान्त हो कि उर्जा कहिल्यै नष्ट हुँदैन । केवल त्यसको रुप बदलिन्छ । जब कुनै युवकलाई यौन उर्जा बाहिर निकाल्ने अवसर प्राप्त हुँदैन तब ऊ त्यो उर्जालाई कुनै अर्को रुपको माध्यमबाट बाहिर निकाल्छ । निश्चय नै यो प्रयत्नमा निर्भर गर्छ । अभ्यास गर्दागर्दै तपाईं आफ्नो उद्वेगलाई परिवर्तन गर्नमा सक्षम हुन सक्नुहुन्छ । यही संयम हो । अब तपाईंले आफ्नो उर्जालाई आन्तरिक रुचितर्फ मोड्न शुरु गर्नुपर्छ ।
यौवनकालमा व्यक्ति भित्र हर्मोन रस र एडरिनलिन धेरै मात्रामा बन्छ । यसले शरीर भित्र धेरै मात्रामा यौन उर्जा पैदा गर्न थाल्छ । यदि यो यौन उर्जा दबाएर राखियो भने अवसर मिल्नासाथ ठूलो वेगले यो बाहिर निस्कन्छ । युवकमा यो विरोध प्रकट गर्ने रुपको क्रियाको रुपमा प्रकट हुनथाल्छ ।
जब कुनै युवकले यौन आनन्द प्राप्त गर्ने अवसर पाउँदैन तब उसमा विरोधको प्रवृति जागृत हुन्छ र ऊ प्रतिक्रिया गर्ने बन्छ ।
कैयौं युवाहरुमा नकारात्मक प्रवृतिको कारण प्रेमको भावना घृणामा बदलिन थाल्छ । यो घृणाको भावना उसको अन्तष्करणमा जम्मा हुन थाल्छ र उचित अवसर पाएपछि भविष्यमा बाहिर आउन थाल्छ । तब त्यो मानिस आफैं र समाजको लागि धेरै घातक सिद्ध हुनसक्छ । विज्ञानको यो एक सिद्धान्त हो कि उर्जा कहिल्यै नष्ट हुँदैन । केवल त्यसको रुप बदलिन्छ ।
जब कुनै युवकलाई यौन उर्जा बाहिर निकाल्ने अवसर प्राप्त हुँदैन तब ऊ त्यो उर्जालाई कुनै अर्को रुपको माध्यमबाट बाहिर निकाल्छ । निश्चय नै यो प्रयत्नमा निर्भर गर्छ । अभ्यास गर्दागर्दै तपाईं आफ्नो उद्वेगलाई परिवर्तन गर्नमा सक्षम हुन सक्नुहुन्छ । यही संयम हो । अब तपाईंले आफ्नो उर्जालाई आन्तरिक रुचितर्फ मोड्न शुरु गर्नुपर्छ । आचार्य रजनिशले यो रुपान्तरणलाई धेरै राम्रोसँगले भनेका छन् । उनी यसमा उन्मुक्ति एवं आनन्दलाई महत्व दिन्छन् । त्यसको लागि उनले अलग पद्धति पनि बताएका छन् तर त्यो पनि आनन्दको एक धारा नै हो । हामीले त यसबाट ध्यान हटाउनु छ र अरु काममा लगाउनु छ । आफैमाथि राम्ररी नियन्त्रण गर्नुपर्छ र जब तपाईं यस्तो गर्न सक्नुहुन्छ तब आफूलाई मनपर्ने काममा जुटेर त्यसमा डुब्नुस् । संगीत, अभिनय, गहन अध्ययन, चेस आदि जस्ता खेल तपाईंको तृप्तिका सार्थक माध्यम हुन्, यस्तो भएन भने युवकहरु विद्रोही हुन्छन् । सबै पिँढीमा केही युवक प्रौढको विरोध गरिरहेका भेट्छौं । यो कम उर्जाको विकृतिको नै एक रुप हो ।
यौन उर्जा र एण्डोक्राइन ग्रन्थिहरु
एण्डोक्राइन ग्रन्थिलाई अन्तःस्रावी ग्रन्थि पनि भनिन्छ, जसले हाम्रो शरीरको सन्तुलित विकासको लागि आवश्यक हर्मोनको निर्माण गर्छ । जब कुनै ग्रन्थिले कुनै हर्मोनको विकास आवश्यकताभन्दा धेरै मात्रामा या कम मात्रामा गर्न थाल्छ तब दुवै अवस्थामा व्यक्तिको शरीरमा नराम्रो प्रभाव पर्न थाल्छ । शरीरमा पर्ने तनाव यो हर्मोनको सहायताले सामना गर्न सकिन्छ ।
पिनियल ग्रन्थि
यसलाई शीर्ष ग्रन्थि भनिन्छ । हिन्दू धार्मिक पुस्तकमा यसलाई शिव ग्रन्थि पनि भनिन्छ । यो दिमागको माथिल्लो भागमा रहेको हुन्छ । सहस्रार चक्र, जसलाई कुण्डलिनी योगमा सहस्र दल भएको कमल भनिन्छ, यसको छेउमै रहेको हुन्छ । शरीरको जैवीकीय घडी तथा यौन विकासको प्रक्रियाको पनि यसैले सञ्चालन गर्छ । यसले ठीकसँगले कार्य नगर्नाले अकाल यौवन प्रकट हुन्छ ।
पिट्यूटरी ग्रन्थि
यो दिमागको तल्लो भागमा रहेको हुन्छ तथा यसलाई विष्णु ग्रन्थि पनि भनिन्छ । यसलाई सधैं अन्तःस्रावी ग्रन्थिको नेता मानिन्छ, जसको सञ्चालनमा यसले सहायता गर्छ । यदि बच्चाको विकास कालमा यो ग्रन्थिले आवश्यकताभन्दा धेरै मात्रामा हर्मोन बनाउन थाल्यो भने उसको उचाइ असामान्य रुपमा बढ्न थाल्छ । केही मानिसको उचाइ त सात फिटसम्म हुन्छ ।
जब यो ग्रन्थिले विकासको बेलामा कम मात्रामा हर्मोनको निर्माण गर्न थाल्छ तब व्यक्तिको उचाइ सानो हुन्छ । अर्थात् व्यक्ति होचो हुन्छ, यो प्रभाव केवल शरीरको लम्बाइमा पर्छ । व्यक्तिको मस्तिष्क र शरीरका अन्य काममा यसले कुनै प्रभाव पर्दैन । यस्तै स्त्रीमा यदि असामान्य अवस्थामा बढ्न थाल्यो भने उनको दाह्री–जुँगा पनि आउँछ, धेरै मोटाउने पनि यसै कारणले हुन्छ ।
यदि प्रौढ अवस्थामा यो ग्रन्थिले धेरै मात्रामा हर्मोन बनाउन थाल्यो भने त्यो व्यक्तिको हात खुट्टा लामो हुन्छ । गर्भावस्थामा भ्रुणलाई पोषण तथा डिम्ब ग्रन्थिको नियन्त्रण यसैद्वारा हुन्छ । कामोत्पत्ति तथा अन्य ग्रन्थिको क्रियामा यसले नियन्त्रण गर्छ ।
थाइराइड ग्रन्थि
यो ग्रन्थि घाँटीमा रहेको हुन्छ तथा व्यक्तिको बुद्धिको विकासमा सहायता गर्छ । जब यो ग्रन्थिले बच्चाको विकासको अवस्थामा कम हर्मोन बनाउन थाल्छ तब बच्चाको टाउको सानो हुन्छ, जसलाई हामी क्रिटन भन्छौं ।
यदि वयस्क अवस्थामा यसले कम मात्रामा हर्मोन बनाउन थाल्यो भने व्यक्तिको भार धेरै बढ्छ । सास लिनमा कठिनाइ उत्पन्न हुन्छ । आलस्य बनिरहन्छ । यदि यो हर्मोन धेरै मात्रामा बन्न थाल्यो भने स्वभावमा तनाव देखा पर्छ । व्यक्ति चिडचिडे बन्छ । भार कम हुन्छ । शरीर काम्छ । विभ्रमको स्थिति पैदा हुन्छ । यसको सक्रियता एवं निष्क्रियता दुवैमा स्त्रीको डिम्ब ग्रन्थि प्रभावित हुन्छ, जसको कारणले मासिक धर्म बन्द या अनियमित हुन्छ । पुरुषमा यसको निस्क्रियताले नपुंसकत्व उत्पन्न गर्छ । लैंगिक विकासमा पनि प्रभाव पार्छ ।
प्याराथाइराइड ग्रन्थि
यो ग्रन्थिले शरीरमा फस्फोरस र क्याल्सियमको मात्रालाई सामान्य बनाएर राख्नको लागि सहायता गर्छ । यसको स्रावले पुरुषमा पौरुष र नारीमा नारीत्वको गुण विकसित हुनमा पूर्ण रुपले सहायता मिल्छ ।
थाइमस ग्रन्थि
यो ग्रन्थि यौन क्रियामा सहायक छ । यसले शरीरको प्रतिरक्षा क्षमता बनाउनमा मद्दत गर्छ । यदि यसको कार्य रोकियो भने यौनाङ्ग अपरिपक्व हुन्छ ।
एड्रिनल ग्रन्थि
यसले एड्रिनेलिन र नोर एड्रिनेलिन नामक हर्मोन निकाल्छ, जुन कोषिकाहरुको कार्य सञ्चालनमा सहायक हुन्छ । यसले मनमा उठ्ने अनेक प्रकारका भावनाहरुलाई पनि नियन्त्रण गर्छ । यसले एड्रिनल कारटेक्स स्टेरोएड नामक रस निकाल्छ, जसले कैयौं अङ्गको सञ्चालनमा तथा यौन सम्बन्धी गुणको विकासमा पनि सहायता गर्छ । यसको असमान्य क्रियाले कामोत्तेजना ह्रास हुन्छ, मासिक धर्म बन्द हुन्छ र योनि सुख्खा हुन्छ ।
यदि यो कम मात्रामा बन्यो भने शरीरमा थकान हुन थाल्छ । भोक कम लाग्छ । रगतको कमी हुन्छ । स्वभावमा चिडचिडापन हुन्छ । छाला कालो हुन थाल्छ ।
यदि यो हर्मोन धेरैमात्रामा बन्न थाल्यो भने मासंपेशीमा दुर्बलता आउँछ । यौन इच्छा कम हुन्छ । थकाइ लागेको अनुभव हुन्छ । शरीरको रुप पनि बिग्रन्छ ।
यदि कुनै पुरुषमा कोरटिकोइड धेरै मात्रामा बन्न थाल्यो भने त्यो पुरुषमा स्त्रीको लक्षण देखिन्छ ।
यदि कुनै बच्चामा यो ग्रन्थि धेरै मात्रामा बन्न थाल्यो भने ऊ छिट्टै वयस्क देखिन थाल्छ ।
लेङ्गर हेन्सका ग्रन्थिहरु
यिनीहरु पेङ्क्रियाजमा रहेका हुन्छन् र यिनीहरुले इन्सुलिन छोड्छन् र कार्बोहाइडे«टको मेटाबोलिजम तयार गर्छन् ।
जब यसले रगतमा इन्सुलिनको मात्रा कम छोड्न थाल्छ तब व्यक्तिलाई मधुमेह नामक रोग लाग्छ ।
यदि धेरै मात्रामा इन्सुलिन बनाउन थाल्यो भने रगतमा चिनीको मात्रा कम हुन्छ । व्यक्ति कमजोर हुनथाल्छ । यो कमजोरीको प्रभाव यौन क्रियामा पनि पर्छ ।
गोनाड्स
यो यौन सम्बन्ध र प्रजनन क्रियामा धेरै महत्वपूर्ण हुन्छ र स्त्रीहरुमा अमाशयले एस्ट्रोजन्स र प्रोजेस्ट्रोन बनाउँछ । पुरुषमा अण्डकोषले एण्ड्रोजन्सको निर्माण गर्छ । यदि यसमा बिकार आयो भने व्यक्ति हिजडा बन्छ । सेक्स हर्मोनको निर्माण जनन ग्रन्थिहरुले नै गर्छन् ।