
काठमाडौं| स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रको पुराना संरचनालाई व्यवस्थीत गर्न ध्यान केन्द्रीत गरेको बताउनुभएको छ ।सोमबार मन्त्रालयमा सञ्चारकर्मीसंग छलफल गर्दै उहाले अहिलेको राजनीतिक स्थीरताका कारण नयाँ पूर्वाधार निर्माणमा भन्दा पनि भएरहेका पूर्वाधारहरुर्लाइ व्यवस्थीत गर्दै स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान केन्द्रीत गरेको बताउनुभएको हो ।राजनीतिक तरंगले आफुलाई कुनै फरक नपार्ने भन्दै मन्त्री यादवले आफु पदमा रहेसम्म यस क्षेत्रको सुधारमा लाग्ने उहाले बताउनुभयो । उहाले सरकारी अस्पतालमा बेडको अभाव हटाउने, सहूलियत रुपमा औषधी विबरण हुनुपर्ने भएकाले आफु निरन्तर अनुगमनमा हिडेको र केहि सुधारका संकेत प्राप्त भएको उल्लेख गर्नुभयो ।मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावलाई ध्यान दिदै ९२ हजार भन्दा बढि जनशक्ति थप गर्ने गरि अर्थमा प्रस्ताव पठाएको बताउनुभयो ।उहाले स्वास्थ्य विमामा देखिएको समस्यालाई पनि समाधान गर्ने गरि अघि बढेको दावी गर्नुभयो ।




























