
गर्मीयाममा तापक्रम अत्यधिक बढ्छ । यो मौसममा विभिन्न स्वास्थ समस्याहरुप्रति सजग रहनु आवश्यक हुन्छ । विशेष गरेर मुटु सम्बन्धि समस्यामा सावधान रहनु आवश्यक छ । अत्यधिक गर्मीले मुटु सम्बन्धि समस्या उत्पन्न गराउने विशेषज्ञहरुको भनाइ छ ।मानिसको मुटु मुठ्ठीभरीको मांसपेशिको एउटा ढाँचा हो, जसले रक्त धमनीको माध्यमबाट शरीरको बाँकी अंग र तन्तुमा रगत पुर्याउँछ । बाहिरको तापक्रम वृद्धि हुनाले शरीरलाई शितल बनाइराख्नका लागि अन्य दिनभन्दा गर्मीयाममा धेरै पानी खर्च हुन्छ । मुटुले तिव्रताका साथ काम गर्नु पर्छ । यसो हुँदा छालाको सतहसम्म रगत पुग्छ र पसिनाको माध्यमबाट शरीरलाई शितल बनाउन सक्छ ।स्वास्थ मानिसले यो परिवर्तनलाई सहन सक्छन्, तर जो व्यक्तिको मुटु कमजोर हुन्छ, उनीहरुलाई स्ट्रोक, डीहाइड्रेशन, अरदिमिया, एन्जाइना र हृदयघातजस्ता समस्या हुन सक्छ ।मुटु सम्बन्धि समस्या भएका मानिसमा हीट स्ट्रोकको खतरा पनि धेरै हुन्छ । यसो हुनुको कारण रगत सञ्चारमा अवरोध भएका धमनीबाट छालासम्म रगतको बहाव सीमित हुन्छ । पसीना, रुघा–खोकि, छालामा तनाव, रिँगटा लाग्नु, बेहोशी, मांसपेशिमा तनाव, खुट्टा सुनिनु, सास फेर्न गाह्रो हुनु, छटपट हुनु, वान्ता आदि हीट स्ट्रोकका लक्षण हुन् । हीट स्ट्रोक हुँदा मुटुका रोगीलाई तुरुन्त अस्पताल लैजानु पर्छ ।गर्मीमा हुने डीहाइडे«शन मुटु रोगिका लागि अति नै खतरनाक हुन्छ । योे धमनीमा स्ट्रोकको कारण बन्छ । प्यास नलागे पनि अरदिमियाबाट बच्नका लागि पानी पिउन आवश्यक छ । ५० वर्षभन्दा बढि उमेरका मानिस आफुलाई प्यास लागेको थाहा पाउदैनन् र डिहाइडे«शनको शिकार हुन्छन् । मुटुका विरामीलाई प्रायः पानीको चक्कि डाइयुरेटिक्स दिइन्छ, जसले धेरै पिशाव लाग्नाले डीहाइडे«शनको समस्या झन् बढी गम्भीर हुन्छ । केही तनावका औषधि र एन्टी हिस्टामाइन्सले पनि पसीना रोक्छ । यदि गर्मीमा रिँगटा लाग्यो अथवा टाउको भारी भयो भने डाक्टरकहाँ जानु पर्छ ।जो व्यक्तिलाई एन्जियोप्लास्टी भइसकेको छ तथा स्टेन्ट राखिएको छ अथवा कृत्रिम भल्भ राखिएको छ, त्यस्ता मानिसले बढी सावधान रहनु आवश्यक छ ।डीहाइड्रेशनले रगत गाढा हुन्छ, जसले मुटुको नसामा टाँसिएर स्टेन्ट बन्द गरिदिन्छ । यो घातक हुन सक्छ । स्टेन्टले राम्रोसंग काम गरिराख्नका लागि शरीरमा पानीको मात्रा सन्तुलित भइरहनु पर्छ ।जो व्यक्तिलाई क्रोनरी हार्ट डिजीज छ, उनीहरुलाई गर्मीमा एन्जाइना हुन सक्छ । उनीहरुको धमनीमा रिसाव र कोन्जेस्टिभ हर्ट फेल्योर पनि हुन सक्छ । त्यस्ता व्यक्तिले कम तापक्रममा बस्नु पर्छ । समय–समयमा पानी पिराख्नु पर्छ ।मुटु रोगीलाई बढेको तापक्रम शरीर पोल्ने समस्याको कारण पनि हुन सक्छ । जति तापक्रम बढ्छ, हर्ट फेल्योरको समस्या भएका विरामीको रगतमा बायोमार्कस त्यति नै धेरै हुन्छ । मुटुमा बढेको तनाव, सूजन अथवा पोल्ने समस्याले कोषिकाको क्षतीबाट हुने भित्रि प्रतिक्रियामा परिवर्तन ल्याउछ । यसले मुटुको तन्तुमा पोल्ने समस्या झन् बढाएर हर्ट फेल्योरको कारण बन्न सक्छ ।मुटु रोगीलाई सुझावतापक्रम बढ्दै जाँदा मुटु रोगीका लागि स्वस्थ रहन गाह्रो हुन्छ । त्यसका लागि हामीले केही सुझावहरु संकलन गरेका छौं :व्यायाम गर्नु हुन्नकेही मानिसका लागि व्यायामले मुटुको समस्या बढ्छ । गर्मीमा व्यायाम गर्नाले शरीर थाक्छ, थकानले धमनी फुट्छ । गर्मी मौसममा बाहिर हिँडडुल गर्न, दौड्न अथवा बगैँचामा घुम्न जाने समय बिहान बेलुका अथवा शितल समयलाई रोज्नु पर्छ ।जुत्ताको छनौटगर्मीयाममा सबैको खुट्टामा पसीना आउँछ । त्यसैले हावा छिर्ने जुत्ता लगाउनु आवश्यक हुन्छ । पसीना अनुकूल मोजाको छनौट गर्नु पर्छ ।सही पहिरनको छनौटपातलो र हल्का रंगका पहिरन, जसलाई लगाउँदा सास फेर्न सजिलो होस्, कटन अथवा लिनेनका पहिरन लगाउनु पर्छ । जसले पसिना सोस्छ र हाम्रो शरीरलाई शितलता प्रदान गर्छ । घाममा चश्मा र ह्याट लगाउनु पर्छ ।सावधान रहनु पर्नेक्याफीन र अल्कोहलबाट टाढा रहनु पर्छ । यस्ता कुराले डीहाइड्रेटिङ गराउँछ । समय समयमा पानी पिउनु पर्छ ।सही खानेकुराहल्का र स्वास्थ्यकर भोजन खानु पर्छ । नुन कम खानु पर्छ, बढि नुनु खानाले रक्तधारामा तरल धेरै जम्मा हुन्छ ।पानी पिइराख्नु पर्छदिनभरीमा ८ देखि १० गिलास पानी पिउनु पर्छ ।आराम गर्नु पर्छगर्र्मीयाममा मुटुमा दवाव कम गर्नका लागि शरीरलाई स्फूर्ति दिनका लागि पर्याप्त निद्रा आवश्यक छ ।




























