काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाले नेपालको स्वास्थ्य क्षेत्रमा राहत दिए पनि आवश्यकता अनुसारको काम गर्न नसकेको बताएका छन् ।
शुक्रबार, स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि गठित सुधार समितिको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिएको तर यो आशिंक मात्र भएको बताएका हुन् ।
उनले भने, ‘नेपालको स्वास्थ्य बिमाको बारेमा धेरै खाले बिषयहरु हामीले देखीरहेका छौ ।कार्यक्रममा समितिका अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो। समितिले स्वास्थ्य बीमा क्षेत्रलाई थप प्रभावकारी र दिगो बनाउने उपायहरूको सिफारिससहित प्रतिवेदन तयार पारेको छ।मन्त्री पौडेलले प्रतिवेदनले दिएको सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यसका लागि प्रतिवेदनले दिएका सुझाव कार्यान्यनका क्रममा कानुनी र नीतिगत सुधार गर्नुपरेमा त्यो पनि गर्दै अगाडि बढ्ने जानकारी दिए ।