काठमाडौँ| हामी दिनहुँ दाँत माझ्छौँ। जिब्रोको सफाइमा भने उति ध्यान पुर्याइरहेका हुँदैनौँ। जिब्रोमा जम्मा हुने सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ। साथै, स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्नसमेत यसको सफाइमा ध्यान पुर्याउनुपर्छ। जिब्रोको नियमित सरसफाइ नगर्दा गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुनसक्छ । मानिसहरूको सास गन्हाउने, जिब्रो संवेदनशील हुने र मुखमा ब्याक्टेरिया बढ्ने जस्ता समस्या हुन सक्छ । जसले मुखको स्वास्थ्यका साथै सम्पूर्ण स्वास्थ्यमा पनि नराम्रो असर पार्छ र यससँग सम्बन्धित धेरै समस्याहरू निम्त्याउँन सक्छ । यस्तोमा दाँत मात्र हैन जिब्रोलाई पनि सफा गर्नुपर्छ ।जिब्रो सफा गर्नु किन महत्त्वपूर्ण छ ?जिब्रोको सफाइ मौखिक स्वच्छताको एक महत्त्वपूर्ण भाग हो । पाचन प्रक्रिया ठिक नभएका कारण जिब्रोमा विषाक्त पदार्थ जम्मा हुन्छन् । यस्तो अवस्थामा हरेक बिहान जिब्रो सफा गर्नु धेरै महत्त्वपूर्ण छ । जिब्रो सफा गर्ने स्क्र्यापर धारिलो धार बिना घुमाउरो हुनुपर्छ र सुन, चाँदी, तामा, टिन वा पीतलबाट बनेको हुनुपर्छ ।सरसफाइको सही तरिकाजिब्रो सफा गर्दा नरम ब्रस प्रयोग गर्न र धेरै घोट्न नहुने उनले सुझाव दिएका छन् । धारिलो वस्तुको प्रयोगले स्वाद दिने ग्रन्थिहरूमा असर पर्न सक्छ । शिशुहरूको हकमा तातो पानीमा कपास भिजाएर बिस्तारै सफा गर्न उपयुक्त हुन्छ ।नुन
जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन ज्यादै उपयोगी हुन्छ। यसमा ‘एन्टिसेप्टिक’ गुण हुन्छ। जिब्रोमा अलिकति नुन छरेर ब्रसले हल्कासँग ‘स्क्रब’ गर्नुपर्छ। सातामा दुईपटक यसो गरे जिब्रो ब्याक्टेरियारहित हुन्छ।नुनपानी
मनतातो पानीमा नुन हालेर सातामा दुईपटक कुल्ला गर्नाले जिब्रो सफा हुनुका साथै यसमा जम्मा भएका ब्याक्टेरियाबाट मुक्ति पाइन्छजीवनशैली र खानपानको असरमद्यपान, धूम्रपान, सुर्तीजन्य पदार्थको सेवन र अत्यधिक जंक फुडको प्रयोगले पनि जिब्रोमा नकारात्मक असर पार्छ । सम्भव भएसम्म प्राकृतिक र स्वस्थ खानेकुराको सेवन गर्न चिकित्सकहरूको सुझाव छ । साथै जिब्रोको व्यायाम पनि त्यसलाई स्वस्थ राख्नका लागि उपयोगी हुन्छ ।