काठमाडौ १३ । प्रगतिशील लेखक संघ,नेपालका केन्द्रीय अध्यक्ष तथा प्राज्ञ सदस्य डा.मधुसूदन गिरिको प्रमुख आतिथ्यतामा प्रगतिशील लेखक संघ,नेपाल बाजुरा जिल्ला कार्य समितिको भेला सम्पन्न भएको छ। काठमाडौमा आयोजित एक कार्यक्रम बिच सम्पन्न उक्त भेलाले नवीन राज गिरि(आयुध) अध्यक्ष, उपाध्यक्ष दिनेश बुढा ,सचिब बसन्त बहादुर शाही ,कोषाध्यक्ष सावित्रा गिरि , सदस्यहरु,सरिन शाही ,नवीन बिष्ट र ज्ञानेन्द्र शाही लगायत सात सदस्यीय जिल्ला कार्य समिति चयन गर्यो ।बिशिस्ट प्रगतिशील व्यक्तित्वहरुको उपस्थितिमा संघको केन्द्रीय कार्यालय बागबजारमा भएको उक्त भेला भब्य सब्य र उत्कृष्ट रुपमा सम्पन्न भएको थियो। निर्वाचित अध्यक्ष गीरि नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीका सकृय सदस्य एवं जुझारु युवा नेता हुन।