
काठमाडौं । शमी साहित्य प्रतिष्ठानले ६ साहित्यकारलाई ‘साहित्य साधना सम्मान’बाट सम्मानित गरेको छ ।शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि संघीय संसद्का सभामुख देवराज घिमिरेले साहित्यकारहरू कृष्ण गौतम र राप्रउ पोखरेललाई (२०७८), ज्ञान उदास र रामबाबु घिमिरेलाई (२०७९) र प्रेमविनोद नन्दन र कृष्णप्रसाद दाहाललाई (२०८०) सालको साहित्य साधना सम्मान प्रदान गरे ।सर्जकहरूलाई सम्मानका साथ जनही ५० हजार १०१ रुपैयाँ नगद राशि पनि प्रदान गरियो ।प्रमुख अतिथि घिमिरेले खास चर्चामा आउन नसकेका साहित्यकारहरूको खोजी गरी तिनलाई सम्मानित गर्दै आएकोमा प्रतिष्ठानको प्रशंसा गरे ।सोही अवसरमा गंगाप्रसाद उप्रेतीको नयाँ संस्मरणसंग्रह ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरू’ लोकार्पित गरियो ।




























