धरान । अखिल नेपाल लेखक सघं कोशी प्रदेश समितिले प्रगतिवादी कवि केशव सिलवालको एकल कविता वाचन र प्रतिनिधिमूलक कवितागोष्ठी सुनसरीस्थित विमल स्मृति पुस्तकालय, बुद्धचोक, धरान सम्पन्न गरेको छ ।जनसांस्कृतिक महासङ्घ नेपालका इन्चार्ज तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ईश्वरचन्द्र ज्ञवालीले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।कार्यक्रमको पहिलो सत्रमा प्रगतिवादी कवि केशव सिलवालको एकल कविता वाचन र दोस्रो सत्रमा प्रतिनिधिमूलक कवितागोष्ठी गरिएको थियो।
चिबेचरा,ङा चेपाङ,कमरेड स्याउला ,तुइनमा उल्टो झुन्डिएर ,जुत्ता र क्रान्ति ,यो देश मेरो होइन रहेछ जस्ता ६वटा कविता वाचन गर्नु भएको थियो । ललितपुर लेलेमा २०३० सालमा जन्मिएका कवि केशव सिलवालका बर्जित अवशेष,असहमतिका स्वरहरू ,धारिला मानिसहरू र चिबेचरा कविताकृति प्रकाशित भइसकेका छन्। कवि सिलवाललाई उक्त कार्यक्रममा सम्मान गरिएको थियो ।