
काठमाडौं। यो वर्षको मदन पुरस्कार छुदेन काविमोको उपन्यास उरमालले हात पारेको छ ।आज बसेको मदन पुरस्कार गुठीको साधारण सभाले ‘उरमाल’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।सभाले पाँच दशकदेखि लोकसंस्कृति क्षेत्रमा सक्रिय प्रेमदेव गिरीलाई ‘लोक भाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरेबापत’ वर्ष २०८१ सालको जगदम्बा श्री अर्पण गर्ने निर्णय गरेको छ ।गुठीका अनुसार, मदन पुरस्कार, २०८१ का लागि २९९ पुस्तक प्राप्त भएका थिए । तीमध्ये सात पुस्तक, उरमाल (छुदेन काविमो), छालबाटो कैलाशदेखि गंगासम्म (रमेश भुसाल), दर्ज्य संलाप (कुमारी लामा), पञ्चतत्त्वको पालाम (मनप्रसाद सुब्बा), बहुरूपी (श्रेयज सुवेदी), भिक्षु, व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत (सुधीर शर्मा) र हिउँको गीत (तीर्थ गुरुङ)’मदन पुरस्कार श्रेष्ठ सूची २०८१’का निम्ति छनोट भएका थिए ।




























