२२ कात्तिक, जाजरकोट (रामीडाँडा) । जाजरकोट–डोल्पा सडक खण्ड अन्तर्गत नलगाडको कालिमाटीबाट भित्री बाटो लागेपछि शुरु हुन्छ भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा ।नलगाडबाट रामीडाँडाको दुरी २६ किलोमिटर मात्रै हो । तर बाटो कठिन भएकाले त्यहाँ पुग्न गाडिमा झण्डै दुई÷तीन घण्टा लाग्छ । पहाडका चट्टान फोरेर बनाइएको मोटरेवल बाटोमा भूकम्पपछि विभिन्न ठाउँमा निरन्तर पहिरो गइरहेको छ ।‘कतिखेर कहाँ पहिरो जान्छ, कुन ठाउँमा माथिबाट ढुङ्गा खस्छ भन्ने भेउ पाउन मुस्किल छ,’ सुर्खेतबाट राहात र उद्धारका लागि भूकम्पको केन्द्रविन्दु पुगेका लेकवेशी सुर्खेतका युवक रमेश विक्रम हमाल भन्छन्, ‘अप्ठ्यारो बाटो र कठिन यात्रा भएरै होला, सिर्पाचौर लगायत यहाँको प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि कोही आएको देखिएन ।’राहत र उद्धारका लागि भन्दै भूकम्प प्रभावित क्षेत्रमा गएकाहरु सदरमुकाम खलंगा, रावतगाउँ, रुकुम पश्चिमको आठविसकोट र नलगाड नगरपालिकासम्म पुगको देखिन्छ ।जाजरकोट सदरमुकाम खलंगाबाट नलगाड नगरपालिका साढे एक घण्टामा पुगिन्छ । बाटो सहज भएकाले त्यहाँसम्म पुग्नेहरुको कमी छैन । तर कठिन र टाढाको बाटो भएकाले भूकम्पको केन्द्रबिन्दु रामीडाँडामा बिरलै मान्छेहरु पुग्ने गरेको हमाल बताउँछन् । ‘नजिक र बाटो सहज भएकाले नेता, पत्रकार, समाजसेवी सबै सदरमुकाम र आसपासमा मात्रै पुग्ने गरेका छन् । दुरदराजका गाउँमा कसैको नजर पुग्न सकेको देखिएन’ उनी भन्छन् ।राष्ट्रपति रामचन्द्र पौडेल पनि मंगलबार हेलिकोप्टर चढेर रामिडाँडा पुगे र फोटो खिचाएर फर्किएका थिए ।शुक्रबार बारेकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा बारेकोटको भूगोल चिरा–चिरा परेको छ । घरहरु भत्किएका छन् । सिर्पाचौर, जिरी, लिम्सा, नायकवाडा लगायतका क्षेत्रहरुमा सग्ला घर भेटाउन मुस्किल छ ।बारेकोटका ४ हजार ३ सय घरहरु भूकम्पबाट प्रभावित भएको र नागरिकहरु त्रसित रहेको बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरी बताउँन् । ‘बारेकोटका सबै घरहरु भूकम्पबाट प्रभावित छन् । बाहिरबाट हेर्दा सग्ला देखिने सबै घरहरु भित्र चिरा परेका छन्,’ अध्यक्ष गिरीले अनलाइनखबरसँग भने, ‘यो क्षेत्रमा निरन्तर पराकम्प गैरहेको छ । चर्किएका आफ्नै घर भित्र छिर्न नागरिक डराइरहेका छन् ।’बारेकोट गाउँपालिकाको सबैभन्दा बढी प्रभावित क्षेत्र सिर्पाचौरमा पुग्दा त्यहाँका नागरिक त्रसित देखिन्थे । मंगलबार दिउँसो ४ः३१ बजे रामिडाडाँलाई नै केन्द्रविन्दु बनाएर ५.८ म्याग्निच्युडको ठूलो परकम्प गएको थियो । उक्त परकम्पले सिर्पाचौरका ३१ वटा घर भत्किएका छन् । घाइते तीन जनामध्ये दुईजनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको गाउँपालिकाका अध्यक्ष गिरीले जानकारी दिए ।बेला–बेला आउने परकम्पले बारेकोट–४, जिरीका खड्ग बोहोरा (३६) लाई आफ्नै घर भित्र पस्न डर लाग्न थालेको छ । उनी भन्छन्, ‘हाम्रो घर अलिअलि चिरा परेको छ । तर घरभित्र बस्न डर लाग्छ ।’
उनको परिवार घर अगाडि बारिको पाटोमा त्रिपाल हालेर बसेको छ । ‘छिनछिनमा परकम्प आइरहन्छ । परकम्प आउँदा मन सिरिङ्ग हुन्छ,’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘कामले घरको छेउछाउ गइहाले पनि कतिखेर भूकम्प आउँछ र, च्यापिएर मरिन्छझैं लाग्छ ।’त्रिपाल र राहतको आशामा चारदिन खुल्ला आकाशमुनि बिताएका स्थानीयले आफैं अस्थायी बासको जोहो गर्न थालेका छन् । भूकम्पबाट प्रभावित भएको चार दिन वित्दा पनि त्रिपाल नपाएपछि बारेकोट–४, जिरीकै दलबहादुर बस्नेत (४३) ले मकैको कन्ठा (मकैको डाँठ)को अस्थायी छाप्रो बनाएका छन् । ‘त्रिपाल पाउने आशमा तीन सात खुल्ला आकाशमुनि सुत्यौं । राति बाक्लो शित पर्छ । चिसोले छोरा बिरामी नै भएपछि घोगा (मकै)को कण्ठाले बारेर शित छल्ने ठाउँ बनाएँ,’ उनले भने ।बारेकोटका अधिकांश नागरिक घरबाहिर खुल्ला क्षेत्रमा छन् । कोही विद्यालय, चौर, टनेल र प्रतिक्षालयमा बसिरहेका छन् । पुनः भूकम्प आउने त्रासमा रहेका उनीहरु रातभर जाग्राम बस्ने गरेको बताउँछन् ।बारेकोट–१, सिर्पाचौरका स्थानीय हरीबहादुर घर्तीको घर पुरानो कच्ची थियो । भूकम्पले पूर्णरूपमा क्षति गर्दा उनको परिवारले घर बाहिर बारीमा आगो तापेर रात बिताए । दुई तलाको चार कोठे घर भूकम्पले पूर्णक्षति गरेपछि उनको ५ जनाकोे परिवार घरविहीन भएको छ ।पुस, माघमा हिउँ पर्ने सिर्पाचौरमा अत्याधिक चिसो हुन्छ । अहिल सिर्पाचौरमा जाडो बढ्दै गएको छ । पीडितहरू खुल्ला आकाशमुनि पाखा बारीमा बस्न बाध्य छन् । अधिकांश घरहरू भत्किएका र चर्किएका छन् ।भत्किएका घरमा लत्ताकपडा, खाने अन्न तथा सम्पूर्ण जायजेथा नष्ट भएको छ । घाइते र उनीहरूका परिवारको पीडादायक रोदन सुन्न नसकिने अवस्था छ । अझै पनि भूकम्पका पराकम्प गइरहेकाले त्रासमा बाँचिरहेको उनीहरूको भनाइ छ ।राष्ट्रपति पुगे, राहत पुगेन
भूकम्पको केन्द्रबिन्दु रामिडाँडामा मंगलबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेल हेलिकप्टरमा पुगेर अवलोकन गरे ।भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा भएको क्षति, राहत वितरणको अवस्थालगायतका विषयमा अनुगमन गर्न राष्ट्रपति मंगलबार काठमाडौँबाट सुर्खेत हुँदै भूकम्प प्रभावित जिल्ला पुगेका थिए ।जाजरकोट खलंगामा भूकम्पले पुर्याएको क्षतिको अवलोकन गरेका पौडेलले स्थानीय प्रशासनबाट क्षतिको विवरण, राहत वितरण र भूकम्पपछिको पुनर्निर्माणका विषयमा जानकारी लिएका थिए ।त्यसलगत्तै भूकम्पको केन्द्रबिन्दु रामीडाँडा पुगेका राष्ट्रपति पौडेलले केहीबेर अवलोकन गरे र फर्किए । राष्ट्रपति पौडेलसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णाली प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंह, कर्णाली प्रदेश सभा सांसद राजिव विक्रम शाह लगाएतको टोली थियो ।रामिडाडाँबाट रुकुम पश्चिम गएका राष्ट्रपति पौडेल त्यहाँबाट सुर्खेत पुगेर कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका बिरामीहरूलाई भेटेका थिए । हेलिकप्टरमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री खड्का, प्रदेश सरकारका मन्त्री र सांसदहरु पटक–पटक गएर अवलोकन गरे पनि भूकम्प प्रभावितहरुले भने अझै राहत नपाएको गुनासो गरिरहेका छन् ।४ हजार ३०० घर प्रभावित हरेको बारेकोटमा अहिलेसम्म १ हजार ९०० त्रिपाल र ७२० थान कम्बल राहतस्वरुप प्राप्त भएको र अति प्रभावित क्षेत्रमा मात्र वितरण गरिएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले अनलाइनखबरलाई बताए । ‘हामीले मंगलबारबाट राहत वितरण शुरु गरेका छौं । प्रभावित सबैलाई समेट्ने प्रयास गरिरहेका छौं,’ अध्यक्ष गिरीले भने ।