
सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ तोकेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो ।जसमा प्रतिक्वीन्टल पाँच सय ६५ रुपैयाँ उखु मिलले किसानलाई दिनुपर्नेछ भने प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले कृषकलाई अनुदान दिने सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । उनले बैठकमा सरकारको एक वर्षको कार्यप्रगतिबारे समीक्षा गरेको पनि बताइन् ।प्रवक्ता शर्माले बैठकमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकारका कामकारबाही तीव्र गतिमा बढाउनुपर्ने, निर्णय प्रक्रिया, ऐन, कानून निर्माणमा सुधार गर्नुपर्ने विषयमा प्रस्तुति राखेको पनि बताइन् ।




























