पुराना पार्टी र तिनका नेताले देशमा रोजगारीको संभावना खत्तम पारिसकेका छन् । अब युवाको एउटै र अन्तिम आशा भनेको रोजगारीका लागि विदेश जानु भएको छ । यही आशामा कोरिया जानका लागि रोजगारी अनुभति प्रणाली (इपिएस) परीक्षा समेत दिन नपाएपछि आक्रोशित बनेका छन् । परीक्षा दिन नपाएका आक्रोशित युवाले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएपछि एक जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । सामान्य प्रदर्शन गरिरहेका युवामाथि प्रहरीले अन्धाधुन्ध लाठी चार्ज र अश्रु ग्याँस प्रहार गरेपछि प्रदर्शनकारी उग्र बनेका थिए ।
प्रहरीको गोली लागेर सडकमै मृत्यु भइसकेका २३ वर्षिय सुजन राउतलाई क्रिस्ट अस्पतालमा लगिएको थियो । पाटन अस्पतालका केही गम्भीर घाइतेको उपचार भइरहेको छ । दर्जनभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते अवस्थामा विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । प्रदर्शनकारीले मन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाएका छन् । मन्त्रीलाई गाडीबाट ओरालेर प्रदर्शनकारीले गाडी जलाएका हुन् । अहिले प्रदर्शनकारीहरु हत्यारा गृहमन्त्री राजिनामा दे भन्दै सडका झनै उग्र बनेर प्रदर्शन गर्न थालेका छन् । प्रदर्शनस्थलमा थप प्रहरी परिचालन गरिएको छ ।