
काठमाडौं : कर छललेको आरोपमा भाटभटेनी सुपर स्टोरमाथि भएको कारवाहीलाई सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु डा. कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले यसअघि सर्वोच्चकै सानो इजालसले गरेको फैसला सदर गरेको हो ।राजस्व प्रशासनले नक्कली भ्याट बिल बनाएर कर छलेको ४५ करोड ४३ लाख रुपैयाँ कर निर्धारण गरेको थियो । सर्वोच्चको यो फैसलासँगै अब भाटभटेनीले कर, जरिवाना र ब्याज बापत कम्तीमा २ अर्ब रुपैयाँ सरकारलाई बुझाउनुपर्ने छ ।राजस्व प्रशासनका अनुसार भाटभटेनीले २०६४ देखि २०६८ सम्मको भ्याट छलेको थियो । सुपरमार्केटका लागि ख्याती कमाएको भाटभटेनीका देशभरका प्रमुख सहरहरुमा डिपार्टमेन्ट स्टोरहरु रहेका छन् ।




























