काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा भूमिहीन दलित, सुकुम्बासीका लागि जग्गा उपलब्ध गराउने कार्यको शुरुवात भएको बताएकी छन् । बिहीबार जग्गा प्रशासनमा लिखित रजिस्ट्रेशनको शतवार्षिकी समारोहमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।-उनले यस कार्य अन्तर्गत सिन्धुली जिल्लाको दुधौली नगरपालिकाअन्तर्गतको मुसहर बस्तीमा दलित समुदायहरुलाई जग्गाधनी पूर्जा वितरण गरिएको पनि जानकारी दिइन् । मन्त्री श्रेष्ठले अनियन्त्रित खण्डीकरणको कारण कृषियोग्य जग्गा विनाश हुँदै गएको भन्दै यसको रोकथामको लागि भू-उपयोग नीति र भू-उपयोग ऐन, लागू भइ कार्यान्वयनमा आइसकेको र भू-उपयोग नियमावली पारित हुने चरणमा रहेको बताइन् ।