
काठमाडौँ। संघीय संसदका नवनियुक्त महासचिव पद्यप्रसाद पाण्डेयले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। बुधवार संसद भवनमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शपथग्रहण गराएको छ । शपथग्रहण समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, उपसभामुख इन्दिरा राना लगायतको उपस्थिति रहेको थियो । मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसदको महासचिवमा पदमा नियुक्तगरेका थिए । —न्युज एजेन्सी नेपाल




























