काठमाण्डाै – काठमाण्डौ विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको 'आईक्यू एअर' ले गरेको मापनअनुसार आज काठमाण्डौ सबैभन्दा धेरै प्रदूषित शहर बनेको हो ।'आईक्यू एअर' ले आज दिउँसो काठमाण्डौको वायु गुणस्तर सूचक १ सय ९४ मापन गरेको थियाे । अहिले वायु गुणस्तर सूचक १ सय ८७ मा झरे पनि काठमाण्डाै पहिलाे नम्बरमै छ । दोस्रो स्थानमा रहेको चीनकाे बेइजिङकाे वायु प्रदूषण सूचक १ सय ५७ भने तेस्रो स्थानमा रहेको भियतनामाे हानाेईकाे वायु गुणस्तर सूचक पनि १ सय ५७ मापन गरिएको छ ।