
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमति खोज्ने प्रयास भइरहेको बताउनुभएको छ ।आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोहि व्यक्तिलाई नतोकि समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्नेगरि समिति बनाउन कांग्रेससंग छलफल भएको र यसमा सहमति हुने विश्वास व्यक्त गर्नुभयो । उहाले मंगलबारसम्म संसदको गतिरोध हटाउने बिषयमा सहमति हुने दावी गर्नुभयो । त्यस्तै प्रधानमन्त्री प्रचण्डले जिबि राईलाई यसअघिको सरकारले भगाएको भन्ने कुरा कुतर्क रहेको टिप्पणी गर्नुभयो । कानूनी जटिलता हटाएर राईलाई स्वदेश ल्याउन सरकारले पहल गरिरहेको उहाले बताउनुभयो । उहाले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको र सोमबार मुख्य सचिवले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम बुझाउने जानकारी दिनुभयो ।प्रधानमन्त्रीले प्रचण्डले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कुरामा कुनै समस्या नहुने समेत बताउनुभयो । त्यस्तै उहाले यसअघि कांग्रेसलाई राष्ट्रपति दिएर अन्य प्रमुख पद सवै दलहरुलाई दिन खोज्दा कुरा बिग्रिएको भन्दै कांग्रेसले आफुलाई र आफुले कांग्रेसलाई नकारात्मक रुपमा लिनुपर्ने कुनै कारण नभएको धारणा राख्नुभयो ।




























