![]()
अर्थमन्त्री वर्षमान पुनले विधुतिय सवारीसाधानमा लगाइएको कर व्यबहारिक रहेको स्पष्ट पार्नुभएको छ ।मंगलबार राष्ट्रियसभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री पुनलेपेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र इन्धनको आयातको भन्सारबाट चालू आर्थिक बर्षमा कम्तिमा ४० अर्व राजस्व गुमेको भन्दै विधुतिय सवारीसाधानको आयातमा १० प्रतिशत कर बृद्धि गर्ने निर्णय व्यवहारिक रहेको बताउनुभएको हो । उहाले विधुतीय सवारी साधानको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको नीति कायमै रहेको जानकारी दिनुभयो । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न बजेटले उच्च प्राथमिकतामा दिएको भन्दै उहाले कार्बन उत्सर्जन गर्ने वस्तुहरुमा हरित कर सुरु गरिएको बताउनुभयो । उहाले अतिकम विकसित मुलुकबाट बिकसित मुलुकतर्फ नेपाल अघि बढिरहेको अवस्थामा अनुदान घट्दै जानु र ऋण बढ्दै जानु स्वभाविक रहेको धारणा राख्नुभयो । अर्थमन्त्री पुनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न आलु प्याज र स्याउ लगाएतका फलफूलमा कर हटाइएको जानकारी दिदै विदेशबाट आयात गर्ने बस्तुहरुमा कर कायमै रहेको बताउनुभयो । उहाले विगतका वर्षमा गरिएका आर्थिक सुधारका विषयलाई निरन्तरता दिएको र मुलुकभित्रै रोजगारीको सिर्जना गर्दै अर्थतन्त्रलाई मजबुद बनाइने उल्लेख गर्नुभयो । निजि क्षेत्रलाई प्रवद्र्धन गर्ने गरि सरकारले नीतिहरु अघि बढाउने उहाको भनाइ छ ।बजेट अनुसार नै नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने गरि मौदीक नीति आउने उहाले बताउनुभयो । त्यस्तै अर्थमन्त्री पुनले आगामी आर्थिक बर्षको बजेट उत्पादनमूखी र बस्तुपरक रहेको दावी गर्नुभयो ।




























