
ललितपुर महानगरपालिकाले सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी परिचालन कार्यक्रमको शुभारम्भ गरेको छ ।जनताका समस्या प्रत्यक्ष रुपमा तत्कालै सम्बोधन गर्न उक्त कार्यक्रमको शुभारम्भ गरेको महानगरले जनाएको छ । नगर प्रहरी परिचालन कार्यक्रमको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुभारम्भ गर्नुभयो । उहाले जनताका भोग्नुपर्ने समस्याहरु सुनुवाई गर्न सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी परिचालन सञ्चालन गरिएको बताउनुभयो । सो कार्यक्रमले स्थानीय सरकारको महशुस जनताले प्रत्यक्ष रुपमा गर्न सक्ने उहाको विश्वास छ । त्यस्तै उहाले महानगरलाई वातावरणमैत्री बनाउन बिभिन्न स्थानमा बृक्षारोपण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयोउहाले महानगरको बृक्षारोपण अभियान अन्तर्गत रोकिएका विरुवाहरुलाई क्षति पुराउनेलाई कारवाही गरिएको बताउनुभयो ।




























