
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले अघि बढाएका राष्ट्रिय गौरवका आयोजनाहरु सन्तोषजनक रहेको बताउनुभएको छ ।आफ्नो कार्यकालको सय दिनको अवधिमा भएका काम र भावि योजना सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मनत्री उपे्रतीले द्रूतमार्ग लगाएत बिभिन्न राष्ट्रिय गौरवका आयोजनाहरु सन्तोषजनक रुपमा अघि बढेको बताउनुभएको हो ।उहाले बिभिन्न आयोजनामा देखिएका समस्या समाधानका लागि सरकारले समयमा नै ऐन कानून बनाउन नसकेका कारण केहि समय ढिलाई हुन गएको दावी गर्नुभयो ।अहिले सवै समस्याहरु समाधान भइसकेको भन्दै राष्ट्रिय गौरवका आयोजनाहरु द्रूत गतिले अघि बढेको उहाले बताउनुभयो । मन्त्री उप्रेतीले काठमाडौं–तराई द्रूतमार्ग सडक आयोजनाको भौतिक प्रगति हालसम्म ३४ दशमलव ८२ प्रतिशत रहेको जानकारी दिनुभयो । त्यस्तै उहाले कोशी करिडोर अन्तर्गत खाँदबारी किमाथाङ्का सडक आयोजना अन्तर्गत कुल ८ दशमलव १० किलोमिटर नयाँ ट्र्याक सम्पन्न गरिएको, दार्जुला–टिङ्कर सडक आयोजना अन्तर्गत कुल १२ दशमलव ७२ किलोमिटर नयाँ नयाँ ट्र्याक निर्माण सम्पन्न गरिएको पनि जानकारी दिनुभयो ।उहाले मन्त्रालयको कार्यसम्पादनमा चूस्तता ल्याउन पहिलो पटक तयार गरिएको कार्यसम्पादन कार्यविधि कार्यान्वयनमा ल्याइएको, राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा परिमार्जनको क्रममा रहेको, सेनामा मानार्थ बढुवा र विशेष बढुवा सम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।




























