काठमाडौं महानगरपालिकाको नगरसभाको १५ औं अधिवेशनको दोश्रो बैठक स्थगीत भएको छ ।आइतबार नगरसभा बैठक सुरु भएपछि एमाले र कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि नगरसभा असार १० गतेसम्मका लागि स्थगीत गरिएको हो । बैठक सुरु हुनासाथ महानगर प्रमुख बालेन शाहले आर्थिक वर्ष २०८१–८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिनुभएको थियो । त्यसपछि केहि जनप्रतिनिधिहरुले बैठक बहिष्कार गरेपछि शाहले बैठक स्थगीत गर्नुभयो ।बैठकस्थगीत भएपनि प्रमुख शाहले एमाले र कांग्रेसको धङधङी बोकेर नआउन चेतावनी दिनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाले ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको समेत उल्लेख गर्नुभएको छ ।