
काठमाडौ ।दूधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरुबाट लामो समयदेखि दुधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । बिरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरुलाई प्रहरीले पक्राउ गरेको छ । भुक्तानी लगायत विभिन्न माग सहित पटक पटक गरेको सम्झौता÷सहमती समेत कार्यान्वन नभएको उनीहरुको आरोप छ ।




























