
काठमाण्डौ | कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत राजपत्राङ्कित तेस्रो श्रेणीका कर्मचारीहरुले मन्त्रालयमा धर्ना दिएका छन् ।बुधवार पनि अधिकृत स्तरका कर्मचारीहरुले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका हुन् । २०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक बिरोध स्वरुप धर्नामा बसेको कर्मचारीहरुको भनाइ छ । म्रो वृद्धि विकास पूरै ठप्प भयो । दरबन्दी मिलाउनका लागि हामीले यो धर्ना कार्यक्रम गरेका हौ । हामी सबै अधिकृतहरुले हाजिरी गरेका छैनौँ, सबै बिदामा बसेका छौँ ।’कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिँदै आएका हुन् ।




























