नवलपरासी।वर्षाका कारण देशभरका नदिहरुमा जलसतह बढेको छ ।बाढीको सतह निरन्तर बढेकाले यहाँ खतराको संकेत पुग्ने अनुमान गरिएको हाे ।पछिल्लो समयमा पर्यटकीय केन्द्रका रुपमा विकास हुँदै गएको चितवनको नारायणी नदी किनार गत शनिबार आएको बाढीले उधिनेर क्षति पुर्याएको छ ।चितवनको नारायणी, राप्ती, मकवानपुरको बकैया नदी लगाएतको जलसतह बढेको हो । देशभरकै खोला, नदीमा बाढीले क्षति पु¥याउने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।यस्तै अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय उच्च सतर्कतामा रहेका छन् । वर्षाका कारण देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ ।नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध समेत गरेको छ ।