२०८१ असार २८ गते काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्दै खोज र उद्धारमा खटिन सरकारका सबै निकायहरुलाई निर्देशन दिएका छन् । शुक्रबार बिहान भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले उक्त घटनामा बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएका हुन् ।साथै उनले बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन समेत दिएका छन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु। प्रचण्डले नारायणगढ–मुग्लिङ सडक खण्डको सिमतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।मनसुन सक्रिय रहेकाले विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धि पूर्वतयारी व्यवस्थित तुल्याउन आग्रह गर्दै उनले उद्धार र रातहमा आवश्यक सहकार्य गर्न तीनै तहका सरकारलाई निर्देशन पनि दिएका छन् ।