काठमाडौं-उच्च अदालत विराटनगरले प्रयाप्त दरवन्दी नहुदा मुद्दा फछ्यौट र फैसला लेखनमा समस्या भएको जनाएको छ ।बुधवार उच्च अदालत विराटनगरले आयोजना गरेको अन्तक्र्रियामा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारीले मुद्दाको चाप अत्यधिक रहेको र ९ जना मात्र न्यायाधिस रहेकाले मुद्दा फछ्र्र्यौटमा समस्या भएको बताउनुभएको हो ।उहाले १२ जना न्यायाधिसको दरबन्दी भएपनि ९ जना मात्र न्यायाधिस हुँदा ४ वटा मात्र बेन्च बस्ने गरेकोले पर्याप्त मुद्दाको फछर््यौट गर्न नसकिएको गुनासो गर्नुभयो ।पछिल्लो समय एउटा जिल्ला समेत थपिएको र मुद्दाको चाप बढेको हुनाले दरबन्दी अनुसार न्यायाधिस पठाउन उहाले आग्रह गर्नुभयो ।उच्च अदालत विराटनगरले गत आर्थिक वर्षमा नयाँ र पुराना गरी ७ हजार ४ सय ३७ वटा मुद्दा दर्ता भएकोमा ३ हजार २ सय ५४ वटा मुद्दा फछ्र्यौट गरेको जनाएको छ ।