काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाइ पछिल्लो समयमा कम्युनिष्टले सधैँ डरमा राखेर बार्गेनिङ गरिरहेको बताएका छन् ।नेपाल विद्यार्थी संघले गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
स्थानीय तहको निर्वाचनमा त्यहाँका नेता तथा कार्यकर्ताले तालमेल आवश्यक हो कि होइन भन्न पाउने हो कि होइन भन्दै प्रश्न गरेका थिए ।“हामी निरन्तर कम्युनिष्ट पार्टीको डरमा रहने भयौँ,” थापाले भने, “हिजो सँगै रहेर अर्को पार्टीसँग मिलेको हामीले देखेकै हो । नभए मिल्दिउँ उता ? भन्छन् । चुनाव जितेको भोलिपल्ट फेरि बार्गेनिङ सुरु हुन्छ । कुनै बेला उनीहरु एकठाउँमा आउन सक्छन् । तर हामीसँग सधैँ बार्गेनिङ गर्ने भए ।”उनले कम्युनिष्टको चरित्र र स्वभाव सधैँ यस्तै भएको बताउँदै भने, “हामीसँग ३०औँ लाख नयाँ मतदाता आएका छन् । उनीहरुलाई हामीसँग जोड्नुपर्छ । हामी आफ्नो संगठन बलियो बनाएर अघि बढ्नुपर्छ,” उनले भने ।