काठमाडौँ - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सय दिनको कामकारवाही र भावी कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।शुक्रबार बिराटनगरमा आफ्नो कार्यकालको सय दिनको कार्यविवरण सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले कार्यबोझ बढेको अवस्थामा बाहेक कोशी प्रदेशमा ९ वटा मन्त्रालयबाट नबढाइने जानकारी बताउनुभयो । कांग्रेससंग एमालेले मुख्यमन्त्री सहित ५ वटा मन्त्रालय र नेपाली कांग्रेसले ४ वटा मन्त्रालय लिने तथा दोश्रो कार्यकाल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने सहमति भएको उहाले बताउनुभयो । उहाले एक सय दिन भित्र विभिन्न ६० वटा उपलब्धिहरु हासिल गरेको जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश प्रतिको विश्वास र आस्था बढाउन प्रदेश सरकार लागि परेको र एक सय दिनमा कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा, प्रदेश व्यवस्थापन पोर्टल, विपद् पोर्टल, दोश्रो आवधिक योजना घोषणा लगायतको कार्य गरेको बताउनुभयो ।त्यस्तै औद्योगिक वातावरण निर्माण गर्न पर्यटन वर्ष लगानी सम्मेलन र चिया सम्मेलन जस्ता कार्यक्रम प्रदेश सरकारले ल्याएको उहाले बताउनुभयो ।