
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी बिकासमा देखिएका समस्या समाधान गरेरै अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।आइतबार सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासङ्घका प्रतिनिधिहरुसंग छलफल गर्दै सिंहले सहरलाई व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि नीति नियम बनाएर नै अघि बढ्ने समेत बताउनुभयो ।ग्रोथको इन्जिन सहरी क्षेत्र भएकाले यसलाई व्यवस्थीत गर्दै लैजानुपर्ने उहाले बताउनुभयो । अर्पाटमेन्टदेखि विभिन्न क्षेत्रमा देखा परेका कमी कमजोरीहरुलाई खोजेर समाधान गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।छलफलका क्रममा महासंघका प्रतिनिधिहरुले सहरी ऐन छिटो ल्याएर यस क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।




























