
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण क्षतिग्रस्त विपी राजमार्गप्रति जापानले चासो देखाएको छ।यो राजमार्गको अवस्था अध्ययनका लागि त्यहाँको प्राविधिक टोली आउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताए।"स्थायी रूपमा बनाउन के गर्ने भनेर हामी अध्ययन गर्दैछौं। जापानी प्राविधिकहरू पनि आउँदै हुनुहुन्छ। उहाँहरूले यहाँ अध्ययन गर्नुहुन्छ, हेर्नुहुन्छ। यहाँका प्राविधिकसँग पनि भेट्नुहुन्छ। उहाँहरूले चासो देखाउनु भयो राम्रै हुन्छ। उहाँहरूले नै बनाएको बाटो हो हामी यसमा सकारात्मक नै छौं " उनले भने।




























