
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले विद्यत क्षेत्रमा बजेटको अभाव भएको बताएका छन् । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै लोडसेडिङ हुँदा रमाउने जमातले प्राविधिक रुपमा थोरै समस्या हुँदा बजारमा लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गरेका हुन् ।उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताए । उनले माथिल्लो तामाकोशी र कालीगण्डकी बन्ने वित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गरे ।‘तामाकोशी १० दिनमा जोडिएपछि त्यो समस्या पनि हराउँछ,’ कुलमानको दाबी छ।उनले भने, ‘नेपालको पूवाधार क्षेत्रमा ठुला ठुला विकासका परियोजनाहरुको काम भइरहेको छ। बत्ति र बाटोको विकास भएको छ। जुन हाम्रो ठुलो पूर्वाधारको विकासको अधार हो। नेपालको विद्युत क्षेत्रको ठुलो विकास हुनेवाला छ। यसका लागि ठुलो लगानी आवश्यक रहेको छ। हाम्रा ठुला परियोजनहरुका लागि वैदेशिक लगानी चहिन्छ। लोडसेडिङले उद्योगीहरुको प्रोडक्टीभिटीमा कमी आएको कुरा आएको छ।’
उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरूमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत् वितरणमा समस्या भएको बताए । माथिल्लो तामाकोसी र कालीगण्डकी बन्ने बित्तिकै लोडसेडिङको समस्या समाधान हुने उनको भनाइ छ ।




























