काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरेका छन्।मन्त्रिपपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार उनलाई आवासीय राजदूत नियुक्त गरेका हुन्।नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।