
काठमाडौं ।हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान नेपालको तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ र बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी प्रदेशका एक दुई स्थानमा बदलीको सम्भावना छ। बाँकी स्थानमा मौसम सफा रहेको छ ।
आगामी २४ घन्टामा बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरो सम्भावना रहेको महाशाखाले औंल्याएको छ। सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनपर्ने देखिन्छ ।




























