मकवानपुर । सचेत नेपाली पार्टीले विभिन्न ठाँउमा आशन्न स्थानिय चुनावमा देशका विभिन्न पालिकामा आफ्नो उम्मेदवारहरु खडा गरेको छ ।भ्रष्ट्र र चरित्रहिन नेतालाई हराउन मुख्य लक्ष्यसहित चुनावी माहोल होमिएको सचेत नेपाली पार्टीले मनहरी गाउँपालिकाको अध्यक्षमा नवराज आचार्यलाई उम्मेदवारी बनाएको छ ।अध्यक्ष पदका आकांक्षी आचार्यले 'कृषि,पर्यटन, वन वातावरण र व्यापार, मनहरी समृद्धिको मूल आधार' भन्ने नाराका साथ चुनावमा होमिएको बताए ।सचेत नेपाली पार्टीले आफु जित्ने पालिकामा निशुल्क स्वास्थ्य,शिक्षा र रोजगारको ग्यारेन्टी गरेको छ । आफुले जित्ने सम्पुर्ण पालिकालाई नमुना पालिकाको रुपमा विकास गर्ने योजना सहित चुनावमा होमिएको हो ।सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादको नयाँ वैचारिक दर्शन बोकेर आएको सचेत नेपाली पार्टीको चुनाव चिन्ह सिंह हो ।