
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत् श्रद्धाञ्जली व्यक्त गरेका छन्। बालगायक सचिन परियारको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका परियारको बिहीबार बिहान १० बजे निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि बुधबार सचिन अस्पताल भर्ना भएका थिए। छोराको निधनबारे उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन्।सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले आर्थिक सहयोगको मागसमेत गरेको थियो। भाइरल बाल गायकका रुपमा परिचित सचिनले गाएका गीत समाजिक सञ्जालमा भाइरल छन्।प्रधानमन्त्री ओलीले बाल गायक सचिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजमा यस्ता घटनाले कुनै पनि प्रतिभावान व्यक्तिको जीवनमा असर नपारोस् भन्ने कामना गरेका छन्।




























