
नेकपा माओवादी केन्द्रले संघीय संसदको अधिवेशन आह्वान नभए सरकारलाई दवाव दिने जनाएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतबस संघीय संसदको अधिवेशन आह्वान नगरेको भन्दै संसदमा रहेका सवै दलसंग छलफल गरेर दवाव सिर्जना गर्ने बताउनुभएको हो । उहाले संसद छलेर सरकारले दलबिभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको अरोप लगाउनुभयो । सापकोटाले चाडो भन्दा चाडो संसदको अधिवेशन आह्वान गर्न सरकारलाई आग्रह समेत गर्नुभयो ।बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष प्रचण्डले मौखिक रुपमा राख्नुभएको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्नुभएको प्रवक्ता सापकोटाले बताउनुभयो । उनीहरुले समसामायीक परिस्थीति, पार्टी रुपान्तरण, अहिलेको सरकारको क्रियाकलापका बारेमा, संविधान संशोधनाका बारेमा धारणा राखेको उहाले बताउनुभयो । समाजवादी बिचारधारको बिकासका लागि , सवै पालीकाहरुमा समाजवादका आधारशीला खडा गर्ने गरि तयारी गर्नुपर्नेमा नेताहरुको जोड गरेको सापकोटाले जानकारी दिनुभयो ।बैठकमा प्रचण्डले देशका सवै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरि बिभिन्न अभियान सञ्चालन गर्ने र त्यसमा अध्यक्षसहित सवै केन्द्रीय नेताहरु समेत सहभागी हुने बताउनुभएको थियो । स्थायी कमिटी बैठक शनिबार पनि बस्ने प्रवक्ता सापकोटाले बताउनुभयो । पुष २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक निरन्तर बसिरहेको छ ।




























