
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालले वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार भएको बताउनुभएको छ ।नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाल कांग्रेस र एमालेको सात बुँदे सहमतिको जगमा सरकार बनेको भन्दै सरकार परिवर्तन हुने कुरा निराधार भएको बताउनुभएको हो । उहाँले मुलुकको आर्थिक विकास र राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको प्रष्ट पार्नुभयो । उहाले दुईदलबीच भएको सहमति कार्यान्वयन गर्न सुझाव पनि दिनुभयो । संविधान संसोधनमा सबैको सहभागिता र अपनत्व कायम गराउन नेपाली कांग्रेस र एमाले बीचको सहमतिका साथै माओवादी केन्द्र, मधेसवादी दल लगायत अन्य दलहरुको पनि सहमति आवश्यक रहेको उहाले बताउनुभयो । उहाले काठमाडौं जिल्ला अदालत अगाडि कानुन व्यवसायी माथि भएको घटना अराजक तर्क गर्नुभयो ।नेता कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशन तोकिएको समय अर्थात २०८२ मंसिरमा नै गर्न आग्रह गर्दे आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुने जानकारी दिनुभयो । कोइरालाले सरकारले ल्याएको अध्यादेशहरुको विषयवस्तु राम्रो भएपनि अध्यादेश ल्याउनु गलत भएको धारणा राख्नुभयो ।




























