
काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम मंगलबारको तुलनामा केही बढेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५.४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८।६ डिग्री सेल्सियस मापन भएको थियो।मंगलबार न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन भएको थियो।काठमाडौंको मौसम सफा रहने पूर्वानुमान छ।
अधिकतम तापक्रम २१ देखि २२ डिग्री सेल्सियसकाबीच रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।




























