
काठमाण्डौं। कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढ्ने सहमति भएको छ ।गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रबार गृह मन्त्रालयमा भएको सम्बद्ध निकायका मन्त्री, सचिव र प्रधानसेनापति सहितको उच्चस्तरीय बैठकबाट मझगाउँ विमानस्थलको विषय सुल्झिएको हो।बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्ने दिन, सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमतिपछि लामो समयदेखि असहमति देखिएको विमानस्थल निर्माणको विषय छलफल भएको होबैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाती रहेको र सुल्झाउन आग्रह गरेका थिए । सो क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत मन्त्रालयका सचिवहरुले आ–आफ्नो धारणा राखेका थिए ।सो क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत मन्त्रालयका सचिवहरूले आ–आफ्नो धारणा राखेका थिए।
सेनाले राखेको मागका विषयमा सम्वद्ध मन्त्रालयका मन्त्री र पदाधिकारीहरूले सैनिक संरचना र फुटबल मैदानका विषयमा सकमरात्मक रहेको बताए ।
विमानस्थलका विषयमा मन्त्री लेखक लामो समयदेखि सहजीकरणका लागि प्रयासरत थिए । भीमपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत लगानीमा विमानस्थल ३ वर्षमा निर्माण गरिसक्ने गरी निर्माण अघि बढाइएको छ ।




























