
काठमाडौं। प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्।
मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गरेका हो।बढुवा सिफारिस समितिले गत फागुन ११ गते भट्टराईलाई एआईजीका लागि सिफारिस गरेको थियो। यद्यपि भट्टराईको कार्यकाल आगामी चैत ५ गते सकिनेछ।
चैत्र ५ पछि उनी अनिवार्य अवकाशमा पर्नेछन् ।




























