उदयपुर । सचेत नेपाली पार्टी उदयपुर जिल्ला कार्यसमितिकाे आयाेजनामा त्रियुगा नगरपालिका गाईघाटमा चुनावी प्रचारप्रसार सभा आज बुधबार हुने भएकाे छ ।
पार्टीका केन्द्रीय अध्यक्ष पुण्य प्रसाईले "दिउँसाे १ पिपलचाेक उपस्थित भई त्रियुगा नगरपालिकामा कट्टर ईमानदार मेयर पदका प्रत्यासी याेगराज कार्की तथा उपमेयर पदका प्रत्यासी मन्दिरा बुढाथोकीलाई अत्यधिक बहुमतले विजयी गराई त्रियुगा नगरपालिकालाई नेपालकै नमूना एवं व्यवस्थित स्वच्छ, सुन्दर र सफा शहर बनाउ साथै भ्रष्टाचार मुक्त हाम्राे नगरपालिका बनाउने अभियानमा सहभागी बनाैं" भनी अनुराेध गरेका छन् ।
उनले भनेका छ, सचेत नेपाली पार्टी के गर्न खाेजिरहेकाे छ ? आमनागरिकलाई बुझाउनलाई उपस्थित भएकाे उनले बताएका छन् ।
आजकाे शभालाई पार्टीका केन्द्रीय अध्यक्ष पुण्य प्रसाद प्रसाई, उपाध्यक्ष डा.चेत परियार र प्रवक्ता ओम प्रकाश खरेलले सम्बाेधन गर्ने छन् ।
सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादको नयाँ वैचारिक दर्शन बोकेर आएको सचेत नेपाली पार्टीको चुनाव चिन्ह ‘सिहं’ हो ।