
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान सरकार परिवर्तन गर्ने आशयमा नरहेको आफूले पाएको बताएकी छिन् ।त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राणाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेको जनाइन भने प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि समय नै नमागेकाले भेट हुन नसकेको प्रस्टीकरण दिएकी छिन् ।उनले भारतले नेपाली कांग्रेस र नेकपा एमालेको सरकार परिवर्तन गर्न खोजेको भन्ने हल्लामा कुनै सत्यता नभएको पनि बताएकी छिन् । ‘भारतको त्यस्तो (सरकार परिवर्तन) गराउने भन्ने कुनै आशय छैन, यही डेम्रोक्याटिक सिस्टमलाई अगाडी जानु पर्छ भन्ने नै छ ।उनले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता र कुराकानी नभएको र त्यसको पहल पनि नगरेको बताइन् ।




























