काठमाडौं । डलरको भाउ फेरी नयाँ उचाइमा पुगेको छ। नेपाल राष्ट्र बैंकको अनुसार मंगलबार अमेरिकी डलरको भाउ १२४ रुपैयाँ २५ पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो।यसअघि गत फागुन २४ गते डलरको भाउ हालसम्मकै उच्च १२३ रुपैयाँ ४४ पैसा पुगेको थियो। मंगलबार उक्त रेकर्डलाई तोड्दै डरलको भाउले नयाँ रेकर्ड कायम गरेको हो।पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ। डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ। नेपालीले १ डलर साट्नको लागि १२४ रुपैयाँ २५ पैसा खर्च गर्नुपर्ने भएको छ।गत शुक्रबारसम्ममा अमेरिकी डलरको भाउ १२२ रुपैयाँ ३२ पैसा थियो। शनिबारदेखि यसको भाउ १२३ रुपैयाँ ३७ पैसा कायम भएको थियो।डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र फाइदा हुन्छ । नेपाललाई रेमिट्यान्स र निर्यातमा केहि फइदा भएपनि आयात धेरै रहेकोले आयात हुने वस्तुको भाउ समेत महँगिने देखिन्छ। अहिले महंगि बढ्दै गएको अवस्थामा यसले झनै धेरै दबाव पर्ने भएको छ।नेपालले आयात गर्ने वस्तुहरुको भुक्तानी डलरमा तिर्नुपर्ने हुन्छ। यसले गर्दा नेपालमा निर्यात हुनेभन्दा आयात हुने वस्तु निकै नै धेरै रहेकोले डलरको भाउ बढ्दा आयात गर्ने वस्तुमा समेत बढी शुल्क लाग्ने भएको छ। यसले गर्दा ती वस्तुहरुको भाउ महँगिनेछ। डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ ।