दाङ | बंगलाचुली गाउँपालिका को पछिल्लो मत परिणाम अनुसार गठबन्धनका साझा उम्मेदवारले लिड गरिरहेका छन् । हालसम्म ३०७ मत गन्दा माओवादीका अध्यक्षका उम्मेदवार सुवास पुनले १५६ मतसहित लिड गरिरहेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अध्यक्षका उम्मेदवार भेषराज खत्रीले १३० मतसहित पुनलाई पछ्याइरहेका छन् ।
यता उपाध्यक्ष तर्फ भने नेपाली कांग्रेसका उम्मेद्धवार भक्त जिसीले १५६ मतसहित लिड गरिरहेका छन् । एमालेका उम्मेदवार सरस्वती घर्तीले १३० मतसहित दोस्रो स्थानमा छन् ।