पोखरा । पोखरा महानगरपालिकाको मेयर उम्मेदवार धनराज आचार्यले मतअन्तर बढाएका छन् ।२ हजार ४०० मत गणना हुँदा आचार्य एमाले उम्मेदवार कृष्ण थापाभन्दा ११७ मतले अगाडि छन् । एकीकृत समाजवादीका आचार्यले ९२३ र एमालेका उम्मेदवार थापाले ८०६ मत पाएका छन् ।
यसैगरी उपमेयर पदमा पनि नेकपा एमाले पछि परेको छ । नेपाली कांग्रेसका उपमेयर उम्मेदवार कोपिला रानाभाटले १ हजार २८ मत पाएकी छन् । एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले ९०४ मत पाएकी छन् । कोपिला र मञ्जुभन्दा १२४ मतले अगाडि छिन् ।