दाङमा २७ वर्षीय युवाले वडाध्यक्षमा विजयी हाँसिल गरेका छन् । शान्तिनगर गाउँपालिका वडा नं. २ मा स्वतन्त्र उम्मेदवारी दिएका सुनिल वलीले विजयी हाँसिल गरेका हुन् ।उनले ६२९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका ठाकुर प्रसाद केसीले ५ सय ९७ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर ३२ रहेको छ । त्यस्तै कांग्रेसका उम्मेदवार टोपेन्द्र कुमारी खड्काले ३ सय ५१, एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३ सय ३४ मत प्राप्त गरेका थिए ।वडाध्यक्ष विजयी भएका वली कांग्रेस निकट थिए । तर, उनले युवाहरु राजनीतिमा आउनुपर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । उनले शाषक नभई सेवक बनेर सेवा गर्ने अठोटका साथ उम्मेदवारी दिएको भन्दै सोही अनुसार काम गर्ने बताए । उनी‘भ्रष्टाचार, बेथिति र बढ्दो महंगी नियन्त्रण-शान्तिनगरको विकास, हाम्रो अभियान’ नारा लिएर चुनाबी मैदानमा होमिएका थिए ।