
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मत पाएका छन् ।आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मत बढी पाएका छन् ।
स्थापितले १४१५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मत पाएकी छन् । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना चलिरहेको छ ।




























