
काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो तीन घन्टामा बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षा भएको छ।महाशाखाका अनुसार सिन्धुपाल्चोकको मानेखर्कमा पछिल्लो तीन घन्टामा ५४.२ मिलिमिटर वर्षा भएको छ।त्यस्तै भोटाङमा २०.८ मिलिमिटर, बोल्डेमा २९ मिलिमिटर, गोब्रेमा १४.४ मिलिमिटर, रामेछापको मन्थली विमानस्थलमा ३३.६ मिलिमिटर वर्षा भएको छ।पछिल्लो तीन घन्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।शनिबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।दिउँसो गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भू(भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।शनिबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।




























