
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक लाख ९४ हजार आठसय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर २३१० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २२९० मा कारोबार भएको थियो ।




























